बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

शनिबार, जेठ १२, २०८१
Honor 600 pro

हेटौंडा । बसको ठक्करले एक जना पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।  

मकवानपुर जिल्लाकोको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नम्बरको बसको  ठक्करबाट अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुर प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको जनाएको छ भने ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

मृतक पुरुषको शवलाई हेटौंडा अस्पतालमा राखेर मृतकको पहिचानका लागि मकवानपुर प्रहरीले सोधखोज सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्