बर्दियामा बाघको आक्रमणबाट बाँकेकी एक युवतीको मृत्यु

बिहीबार, जेठ १०, २०८१
Honor 600 pro

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट बाँकेकी एक युवतीको मृत्यु भएको छ।

बाँसगढी नगरपालिका- ४ स्थित जनचेतना सामुदायिक वन नजिकै बाघले आक्रमण गर्दा  बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकायको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

मनिषा दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका-४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्