विद्यार्थी लिएर रारा ताल जाँदै गरेको जिप दुर्घटना

बिहीबार, जेठ १०, २०८१
Honor 600 pro

मुगु। विद्यार्थी लिएर रारा तालको भ्रमणमा गएको जिप दुर्घटना भएको छ।

बाजुराबाट राराका लागि विद्यार्थी लिएर जाँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाममा दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएको मुगु प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आज बाजुराको जनप्रकाश मावि कोल्टीका विद्यार्थीलाई रारा भ्रमणमा लिएर गएको जिप दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ्य चौकी लगिएको मुगु प्रहरीले जानकारी दिएको छ। घाइते विद्यार्थीहरु खत्रामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्