गर्मी छल्न बबई नदीमा नुहाउने क्रममा सहोदर दाजुभाइको मृत्यु

बुधबार, जेठ २, २०८१
honor mob  winter sales

तुलसीपुर  । दाङमा गर्मी छ्ल्न बबई नदीमा नुहाउने क्रममा दाजुभाइको मृत्यु भएको छ।

Honor x7 pad

बबई गाउँपालिका-७ ओदाले घाटमा नदीमा नुहाउने क्रममा परिवारसँगै भारतमा रहेर दाङ आएका सहोदर दाजुभाइको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार भारतबाट दाङ फुपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको बबई नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

नदीमा डुबेर गम्भीर घाइते भएका दिपेशको घटनास्थलमा र दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्