कांग्रेस नेता पोषण केसीलाई मातृशोक

बुधबार, वैशाख २६, २०८१
honor mob  winter sales

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता पोषण केसीलाई मातृशोक परेको छ।

Honor x7 pad

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ बाँकेका क्षेत्रीय सभापति एवं नेपाल पत्रकार महासंघ पूर्वमहासचिव केसीकी आमाको आज मातातीर्थ औंसीका दिन निधन भएको हो। 

राप्तीसोनारी गाउँपालिका-१ लौकी निवासी युवा नेता केसीकी ७७ वर्षीया आमा शान्ता रेग्मीको आज बिहान उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा निधन भएको हो। उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो।

स्व.रेग्मीको आज दिउँसो १२ बजे राप्तीसोनारी-१ कुसुमको चप्परगौँडिस्थित लौकी घाटमा अन्तिम संस्कार गरिने कांग्रेसका नेता खुमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

केसी पत्रकार महासंघको पूर्व महासचिवका रुपले यस मिडियाको मुख्य सल्लाहकार समेत हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्