२४ दिनमा आगलागी, चट्याङ र डढेलोबाट २७ जनाको मृत्यु

बुधबार, वैशाख २६, २०८१
Honor 600 pro

काठमाडौं । देशभर आगलागी, डढेलो र चट्याङबाट बैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार बैशाख १ गते देखि २४ गते सम्ममा विपद्का उनीहरुको मृत्यु भएको हो।

यो अवधिमा आगलागीबाट १८, डढेलोले ६ र चट्याङ लागेर ३ जनाको मृत्यु भएको र ९० जना घाइते भएको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरिसकेको जानकारी दिएको छ।

त्यस्तो सुविधा यसअघि भूकम्पपीडितहरुका लागि मात्र  बनाइएको थियो।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्