घरमा आगो लाग्यो, दमकल पुग्ने स्थिति नहुँदा श्रीमान्-श्रीमतीको मृत्यु

बिहीबार, वैशाख २०, २०८१
honor mob  winter sales

धादिङ । धादिङमा एक घरमा आगलागी हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। जिल्लाको थाक्रे गाउँपालिका-५ गैरीखर्कमा स्थानीय ७० वर्षीय तेजबहादुर लामाको घरमा गएराति ११ बजे आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

आगलागी हुँदा घरभित्रै रहेका तेजबहादुरसहित उनकी श्रीमती ठूली तामाङको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आगलागी भएको खबर पाए लगत्तै परिचालन भएको प्रहरीको टोली पुग्दा घर जलिरहेको अवस्थामा थियो। तर, त्यहाँ दमकल जाने अवस्था नभए पनि आगो राति १२ बजे निभेर भित्र गएर हेर्दा प्रहरीले दुई जना जलेको शव फेला पारेको धादिङ प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात लगायत सबै जलेर नष्ट भएका छन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्