दाङको लमहीमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँयो, 'सहभागीले भने- श्रमिकको सम्मान गरौं'

बुधबार, वैशाख १९, २०८१
honor mob  winter sales

प्रमोद आचार्य/दाङ । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले श्रम बिनाको बिकास र श्रम बिनाको आर्थिक उपार्जन असम्भव रहेको बताएका छन् । 

Honor x7 pad

नेपाल ट्रेड युनियन कांग्रेस दाङको आयोजनामा "श्रमको सम्मान गरौं ,श्रम शक्ती नै राष्ट्र शक्ती हो"  भन्ने मुल उदेश्यका साथ १३५ औं अन्तर्राष्ट्रिय  श्रमिक दिवसका अवसरमा लमहीमा आयोजित श्रमिक सभालाई  सम्बोधन गर्दै उनले भने- "राज्य तथा मालिकबाट पाउने सेवा सुविधा तथा श्रमिकको हरेक कुराको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ।" 

स्व. गिरीजा प्रसाद कोइरालाको पालामा मजदुरको हकहित र अधिकार सुनिश्चितताका लागी गठन भएको प्रजातान्त्रिक संस्थाले मजदुर तथा गरीखाने बर्गको बिषयमा सदैव वकालत गर्दै आएको सभापति डाँगीले बताए।

त्यस्तै  नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्र केसीले मजदुर दिवसले हरेक क्षेत्रमा काम गर्ने श्रमिकको भावना छुन सक्नुपर्ने बताएका थिए ।श्रमिकका मुद्दालाई छुने किसिमका कार्यहरुलाइ जोड्दै अगाडि बढ्नुपर्ने अवको आबश्यकता रहेको केसीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै दाङ कांग्रेस सचिव अर्जुन  योगीले नेपाल ट्रेड युनियन कांग्रेस वि.सं. २०४७ सालमा स्थापना भएको नेपालकै ठुलो र पहिलो प्रजातान्त्रिक संस्था रहेको उल्लेख गर्दै नेपाल ट्रेड युनियन कांग्रेस मजबुत भएमात्र नेपाली कांग्रेस मजबुत हुने उनले तर्क गरे।

नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रिय  सभापती भेषराज पाण्डेले श्रमिकको हक र हितको सुनिश्चितता गर्न सके मात्रै श्रमिक दिवसको सार्थकता हुने बताए।  

कार्यक्रमलाई सम्बोधन गर्दै  लमही नगरपालिकाका मेयर जोगराज चौधरी,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी,नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगी लगायतले श्रमिकको सम्मान गर्न जरुरी रहेको बताएका थिए।

नेपाल ट्रेड युनियन कांग्रेस दाङका अध्यक्ष तिर्थ न्यौपानेको अध्यक्षता,नेपाली कांग्रेस दाङका सभापती शंकर डाँगी ,नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्र केसी र नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीको विशिष्ट  आथित्यतामा सम्पन्न बृहत र्यालि तथा श्रमिक सभामा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्