नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले भोलि विभिन्न कार्यक्रम गर्दै

मंगलबार, वैशाख १८, २०८१
Honor 600 pro

नेपालगञ्ज । श्रमिक दिवसमा बाँकेमा विविध कार्यक्रम हुने भएको छ । यही मे १ तारिख अर्थात १९ गते श्रमिक दिवसका दिन बाँकेमा विविध कार्यक्रम तय गरिएको हो । 

दिवसका दिन नेपालगञ्जमा जिल्लास्तरीय कार्यक्रम तयारी गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले जनाएको छ । सो दिन नेपालगञ्जमा प्रभातफेरी, सभा जस्ता कार्यक्रम गरिने ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिकले जानकारी दिए। 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य एव नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, ट्रेड युनियन कांग्रेसका केन्द्रीय प्रतिनिधि महेन्द्र यादव, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनको विशेष उपस्थिति रहनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्