रामेछाप उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्काएर अवतरण, बुद्दको जहाजमा पनि समस्या

बनारस उड्न तयारी गरेको बुद्दको जहाज पनि समस्या आयो
सोमबार, वैशाख १७, २०८१
honor mob  winter sales

काठमाडौं । काठमाडौंबाट रामेछापका लागि ११ यात्रु लिएर उडान भरेको सीता  एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको छ।

Honor x7 pad

आज बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रामेछापका लागि उडेको सीता एयरको ९०६ कल साइनको जहाज २० मिनेटमै काठमाडौं फर्किएर अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

जहाजको हाइड्रोलिकमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएर सुरक्षित अवतरण गराइएको विमानस्थलले जानकारी दिएको छ।

त्यस्तै आज बिहान काठमाडौंबाट भारतको बनारस उड्ने तयारी गरेको बुद्द एयरको जहाजमा प्राविधिक समस्या आएपछि उडान रद्द गर्दै जहाजलाई पार्किङ वेमा फर्काइएको छ।

बनारस उड्न तयारी अवस्थामा रहेको बुद्द एयरको एटीआर ७२ (बीएचए १६१) जहाजमा इन्डिकेटरले एक्कासी प्राविधिक समस्या देखाएपछि जहाजलाई पार्किङ वेमा लगिएको त्रिभुवन विमानस्थल कर्यालयले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्