सरकारी स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम र प्रचारप्रसार गर्नमा रोक

बिहीबार, वैशाख १३, २०८१
Honor 600 pro

काठमाडौं । सरकारी अस्पतालका चिकित्सक तथा सबै स्वास्थ्यकर्मीलाई निजी अस्पताल, क्लिनिक लगायतमा काम नगर्न स्वास्थ्य मन्त्रालयले  कडा  निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै सरकारी अस्पतालका सबै स्वास्थ्यकर्मीहरुलाई निजी अस्पताल, मेडिकल तथा क्लिनिक लगायतका निजी स्वास्थ्य संस्थामा गएर काम गर्न र प्रचारप्रसार गर्नबाट रोक लगाएको जनाएको छ।

मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताल र केन्द्रलाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो ।

साथै मन्त्रालयले कुनै पनि सरकारी स्वास्थ्यकर्मीले निजी क्षेत्रका स्वास्थ्य संस्थाको प्रचारप्रसार तथा विज्ञापन नगर्न निर्देशन दिदै यस्तो गरेको पाइए कडा कारबाही गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्न समेत निर्देशन जारी गरिएको सूचनामा उल्लेख छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्