कतारी अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

बुधबार, वैशाख १२, २०८१
honor mob  winter sales

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।

Honor x7 pad

आज अमिर र प्रधानमन्त्रीबीच होटेल सोल्टीमा भेटवार्ता भएको हो। केहीबेरमा द्विपक्षीय सम्झौता र सहमतिमा हस्ताक्षर हुने बताइएको छ।

होटेल सोल्टीको कार्यक्रम पश्चात कतारी अमिरसहित उनको टोली प्रधानमन्त्री प्रचण्डले होटेल द्वारिकामा आयोजना गरेको दिवा भोजमा जानेछ। अमिर आजै दिउँसो कतार फर्किने कार्यतालिका रहेको छ।

कतारी अमिरको यो इतिहासमामै पहिलोपटक नेपाल भ्रमण हो।

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्