स्वास्थ्य क्षेत्रतर्फ आउने नयाँनयाँ चुनौतीको सामना गर्न सक्नुपर्छ: प्रधानमन्त्री

बुधबार, वैशाख १२, २०८१

ललितपुर । वर्तमान समयमा स्वास्थ्य क्षेत्रमा देखापरिरहेका नयाँनयाँ चुनौतीहरुतर्फ सचेत हुनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

Honor x7 pad

आज बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।

"स्वास्थ्य क्षेत्रमा आउनसक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारको विकास गर्न जरुरी छ," प्रधानमन्त्रीले भने, " अझै अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ।"

सरकारले सबै सरकारी अस्पतालहरुको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्रीले स्वास्थ्य सेवामा सबै आमनागरिकको पहुँच , सेवामा गुणस्तरीयका  साथै  समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने समाजिक, सांस्कृतिक , वातवरणीय कारकतत्व पहिचान सहितको विशेष स्वास्थ्य सेवा दिन अझै प्रतिष्ठानले पहलकदमी लिनुपर्छ।

प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको प्रधानमन्त्रीले बताए।

साथै प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन , सन्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन अति आबश्यक रहेको बताएका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्