लुम्बिनीमा हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

बुधबार, वैशाख १२, २०८१
honor mob  winter sales

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो  लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना रहेको चेतावनी दिएको छ। विभागका अनुसार लुम्बिनीसँगै तराईका अन्य केही स्थानहरुमा पनि ठुलै हावाहुरी चल्ने देखिएको छ।

Honor x7 pad

त्यसैगरी आज दिउँसो सुूदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी स्थानमा बदली रहि कर्णाली, गण्डकी र कोशीका केही स्थानमा मेघगर्जन र  चट्याङसहितको वर्षाको सम्भावना रहेको छ भने ती प्रदेशका हिमाली भेगमा केही भू-भागमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विशेष गरी लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने हुँदा मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्