विपीन जोशीको रिहाइको पहल गरिदिन कतारका अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

मंगलबार, वैशाख ११, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारी अमिरसँग राष्ट्रपतिले प्यालेस्टाइनी विद्रोही समूह हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

आज साँझ शीतल निवासमा कतारी अमिर शेख तमिम बिन हमद अल थानीसँग राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासले गरेको आक्रमणपछि बन्धक बनाइएका विद्यार्थी जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपरान्ह नेपाल आएका कतारका राजा  राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा राष्ट्रपतिले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाईका लागि कतारका राजालाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी जोशी वेपत्ता नै रहेका छन् । कतारका राजाले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यस बारेमा थप पहल गर्ने पनि बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्