कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

मंगलबार, वैशाख ११, २०८१
honor mob  winter sales

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा काठमाडौं आइपुगेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाल अल थली र  राष्ट्रपति रामचन्द्र पौडेलबीच शितल  निवासमा द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल भएको जनाइएको छ । 

Honor x7 pad

कतारका राजा तमिम बिन राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी भएका छन् । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता रहेको छ । 

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगललबार अपरान्ह नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले राजा थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । 

कतारका राजाको यो पहिलो नेपाल भ्रमण हो । नेपाल सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ। 

कतारका अमिर थानी साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछन् । दुई दिने भ्रमण सकाएर उनी बुधबार अपरान्ह स्वदेश फर्कने छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्