आज साढे ४ बजेपछि त्रिभुवन विमानस्थल ३० मिनेट बन्द हुँदै

मंगलबार, वैशाख ११, २०८१
honor mob  winter sales

काठमाडौं ।  आज अपराह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरु कम्तिमा आधा घण्टा स्थगित हुने भएका छन् ।

Honor x7 pad

पहिलोपटक नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थलीको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा विमानस्थलका उडानहरु ३० मिनेटसम्म स्थगित हुने भएका हुन् ।

राजा शेख तमिम बिन हमादको सुरक्षा व्यवस्थालाई ध्यान दिदै अवतरणका समयमा विमानस्थलका सबै उडानहरु स्थगित हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ। शेख तमिम बिन हमाद साढे ४ बजे अवतरण हुनेछन् । उनी बंगलादेशबाट नेपाल आउन लागेका हुन् ।

उनको प्रस्थानका समयमा पनि सबै उडानहरु केहीबेर स्थगित हुनेछन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्