मोटरसाइकल दुर्घटनामा पत्रकार विनयको मृत्यु

मंगलबार, वैशाख ११, २०८१
honor mob  winter sales

जनकपुर । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्का एक जना घाइते भएका छन् ।

Honor x7 pad

ढल्केबरबाट  जनकपुर फर्किने क्रममा पत्रकार विनय आफैंले चलाएको प्रदेश ०२-००६प३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर आज बिहान ४ बजे मिथिला नगरपालिका-६ स्थित ढल्केबरबर-जनकपुर सडकखण्डको रेलिङमा ठोक्किँएर दुर्घटना परेको धनुषा प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका धनुषाधाम नगरपालिका-५ का स्थायीवासी रेडियो धनुषाका सन्चालक एवं इन्यूजका सम्पादक विनयको उपचारका क्रममा बिहान सवा ६ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा घाइते भएका मृतक पत्रकार विनयका छिमेकी ३० वर्षीय लक्ष्मी नारायण यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पत्रकार विनय साथीहरुसँगको जमघट सकेर घर फर्किदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको हो।

धनुषा प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्