पूर्वराष्ट्रपति भण्डारीलाई 'गणतन्त्र गौरव' सम्मान

सोमबार, वैशाख १०, २०८१
honor mob  winter sales

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले 'गणतन्त्र गौरव' सम्मान गरेको छ। एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति  भण्डारीलाई आज गणतन्त्र गौरव' पदकबाट सम्मान गरेको छ ।

Honor x7 pad

ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेका हुन् ।

आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई  राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानर राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ । भण्डारी एमालेको पूूर्व उपाध्यक्ष हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्