श्री मदन बाबा भक्ति केन्द्रको अध्यक्षमा तिवारी

सोमबार, वैशाख १०, २०८१
honor mob  winter sales

कैलाली ।  श्री मदन बाबा भक्ति केन्द्रको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  धनगढी उपमहानगरपालिका राजपुरमा आयोजित पाँच दिने १२ औं  शिवसाधनाको अन्तिम दिन सदगुरुदेव मदन बाबाको सानिध्यता, भक्ति केन्द्रका सदस्यहरुको सहभागितामा साधारण सभा गरिएको हो । 

Honor x7 pad

सभाले शारदा तिवारीको नेतृत्वमा दाङकी अगानी चौधरी उपाध्यक्ष, कञ्चनपुरकी निशा राना महासचिव, कोषाध्यक्षमा सयानकी शारदा बास्तोला, सचिवमा काठमाडौंकी ललिता कोईराला र कैलालीका  लोकेन्द्र कुवँर वरिष्ठ  सदस्यमा चयन भएका हुन । यस्तै सदस्यहरुमा दाङका भरतमणी चौधरी, बर्दियाका चन्द्र बहादुर सुनार , सकुन्तला श्रेष्ठ, बाँकेका कौशल कुमार मिश्र, दोलखाकी कल्याणी श्रेष्ठ गरि ११ जना सर्वसम्मत चयन भएका हुन । 

१५ सदस्यीय समितिमा आवश्यकता अनुसार सद्गगुरुदेव मदन बाबाले २ र मदन बाबा भक्ति केन्द्रका केन्द्रीय अध्यक्षले २ गरि बाँकी ४ सदस्य मनोनित गर्नेछन् ।  नयाँ नेतृत्वमा आएका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुलाई मदन बाबाले आशिर्वाद प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। 

संस्थापक उपाध्यक्ष तथा मौजुदा कार्यसमितिका वरिष्ठ सदस्य लोकेन्द्र कुवँरले संचालन गरेको कार्यक्रममा पूर्वमन्त्री तथा भक्ति केन्द्रका वरिष्ठ सल्लाहकार शेरबहादुर कुवँर, साँफेबगर नगरपालिकाका निवर्तमान मेयर तथा भक्ति केन्द्रका केन्द्रीय सल्लाहकार कुल बहादुर कुँवरले सारगर्भित मन्तव्य व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। 

साधारण सभामा संस्थाका अध्यक्ष शारदा तिवारीले कार्यक्रम प्रतिवेदन र महासचिव निशा रानाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । १२औं शिव साधनाको दोश्रो दिन मदन बाबा भक्ति केन्द्रले पहिलो पटक प्रकाशन गरेको “बाबा पुकार“ नामक अर्धवार्षिक मुखपत्रको मदन बाबाले विमोचन गरेका हुन्  ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्