प्रभु हेलिकप्टरका पाइलट शेर्पा निलम्बित

आइतबार, वैशाख ९, २०८१
Honor 600 pro

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन  (पाइलट) पासाङ शेर्पा निलम्बनमा परेका छन् ।नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन शेर्पालाई निलम्बन गरेको हो।

क्याप्टेन शेर्पाले उडानका क्रममा अस्वीकार्य र अनाधिकृत ककपिट गरेको भन्दै अर्को सूचना नहुँदासम्मका लागि नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको जानकारी दिएको छ।

प्राधिकरणका अनुसार केही महिनाअघि गोसाइँकुण्डमा उडान भर्ने क्रममा क्याप्टेन शेर्पाले यात्रुलाई ककपिटमा राख्दै निषेधित गतिविधि गरेका थिए। निलम्बन पश्चात् शेर्पाको उक्त घटनाबारे थप अनुसन्धान गरिने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्