सहकारी ठगी काण्ड: दिपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने र गुरुङलाई थुनामा पठाउन आदेश

शुक्रबार, वैशाख ७, २०८१
Honor 600 pro

रुपन्देही । जिल्ला अदालत रुपन्देहीले बुटवल सुप्रिम सहकारी ठगी काण्डमा सहकारीका अध्यक्ष  ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले आज गुरुङलाई थुनामा पठाउने आदेश दिदैँ ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो।

सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम सहकारी ठगी काण्डमा २८ जनाविरुद्द मुद्दा दायर गर्दा आजको थुनछेक बहसमा ७ जना उपस्थित भएकोमा न्यायाधीश उप्रेतीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

पुनसँगै ६ जनामध्ये नवीन अछामीसँग २० लाख रुपैयाँ , दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेबाट ४ लाख , नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरिएको हो।

आज अदालतमा उपस्थित नभएका सबै प्रतिवादीहरुको नाममा अदालतले म्याद जारी गर्दै अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्