निलम्बित न्यायाधीश भुवन कारागार चलान

सोमबार, वैशाख ३, २०८१
Honor 600 pro

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन् । आज जिल्ला अदालत काठमाडौंमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार कारागार चलान गर्म आदेश दिएको हो।

गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयालको इजलासले निलम्बित न्यायाधीशलाई थुनामा पठाउन आदेश दिएको थियो। त्यस अधि काठमाडौं जिल्ला अदालतले गिरीलाई धरौटीमा छोड्न आदेश दिएको थियो। उच्च अदालतले पनि उनलाई जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो।

तर सर्वोच्चले उच्च अदालतको आदेशलाई बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो। उक्त आदेश पश्चात् निलम्बित न्यायाधीश गिरी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।

उनलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी थिइन। उक्त मुद्दा दर्ता भएपछि उनलाई निलम्बन गरिएको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्