धनगढीका मेयरकी छोरी भारतबाट सम्पर्कविहीन

मंगलबार, चैत १३, २०८०
honor mob  winter sales

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छिन् । मेयर हमालकी छोरी आरती हमाल भारतको गोवाबाट सम्पर्कविहीन भएको बताइएको छ। 

Honor x7 pad

ओशो साधकसमेत रहेकी आरती सोमबारदेखि गोवाको जोरबा ब्रीजबाट सम्पर्कविहीन भएको मेयर हमालले बताए। उनको खोजी गरिदिन हमालले सबैलाई अनुरोध गरेका छन् ।

हमालको आग्रह -

मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने  शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले  खोजी  कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु। 

साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ  जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले  मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक  सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक  अनुरोध गर्दछु।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्