आज पहाडी र हिमाली जिल्लामा धुमधामले होली खेलिदै

आइतबार, चैत ११, २०८०
honor mob  winter sales

काठमाडौं ।  आज होली पर्वलाई उल्लासका साथ मनाइँदै छ। आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ होली मनाइँदै छ।  होली परम्परा रुपमा विभिन्न रङ्ग र लोला खेली मनाउने चलन छ।

Honor x7 pad

आज काठमाडौंको बसन्तपुरमा धुमधामले होली मनाइन्छ। बसन्तपुरमा गाडिएको चीरलाई ढालेर बाजागाजासाथ टुँडिखेलमा लगेर जलाइन्छ। त्यस्तै चीरमा बानिएका ध्वजाहरुको औषधोपचारमा काम लाग्ने भन्दै लुछाचुँडि गरेर लगिन्छ भने जलाइएको चीरको खरानीको टीका लगाइन्छ।

सरकारले होली पर्वका उपलक्ष्यमा परम्परादेखि  सार्वजनिक बिदा दिंँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा सोमबार होली मनाइँदै छ।

होली पर्वका अवसरमा हिमाली जिल्लाका थकालीहरू रङ्गीचङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाइ रमाइलो गरिन्छ। 

भोलि हुने तराईको होली झनै बेग्लै हुने गर्दछ। पहिलाभन्दा अहिलेको होली अलि सभ्य बन्दै गएको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्