कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा

शुक्रबार, चैत ९, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को नियन्त्रणमा रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा आज दिउँसो  हाजिर जमानीमा रिहा भएका छन् ।

Honor x7 pad

चैत ५ गते सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएर सिआईबी कार्यालय ल्याइएको थियो। स्वास्थ्य समस्या रहेका कारण उनलाई अस्पतालमा राखेर अनुसन्धान गरिदै थियो।

उनलाई सिआईबीले हाजिर जमानीमा रिहा गर्नका लागि जिल्ला सरकारी वकिल कार्यालयसँग सहमति मागेको थियो।स्वास्थ्य अवस्थालाई ध्यान दिदै आज उनलाई सरकारी वकिल कार्यालयले हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।

गत सालको पुस १० गते पक्राउ परेका चिनियाँ नागरिक लि हासोङ्गले भेपमा तस्करी गरेर ल्याइएको सुनमा महराको पनि संलग्नता रहेको आशंका उनिमाथी अनुसन्धान भइरहेको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्