होली मर्यादित रुपले मनाउन आग्रह, कानुन विपरीत कार्य गरे कारबाही

बुधबार, चैत ७, २०८०
honor mob  winter sales

काठमाडौं । होली पर्व मर्यादित भएर मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। प्रशासनले एक सूचना जारी गर्दै होलीमा मर्यादित र अनुशासित भएर खेल्न  आग्रह गरेको हो।

Honor x7 pad

त्यस्तै सूचनामा होलीमा अमर्यादित, अवान्छित , उच्छृङ्खल एवं गैरकानुनी कार्य गर्ने लगायत कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।

पर्वका अवसरमा शान्तिसुरक्षामा बाधा पर्ने गरि सार्वजनिक स्थानमा होहल्ला, झै-झगडा गर्ने, मापसे गरि पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल पार्ने, इच्छा विपरीत जबर्जस्ती रङ दल्ने कार्य नगर्न सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ।

यदि यी कार्य गरेमा तत्काल प्रहरीले नियन्त्रणमा लिइ कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विगतका तुलनामा होली पर्वमा अनावश्यक तडक भडकसहित खर्चिला- भड्किला कार्यक्रम हुने गरेको उल्लेख गर्दै सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली,२०३३ ले धार्मिक ,सामाजिक तथा सांस्कृतिक पर्व मनाउने गरेको विषयलाई व्यवस्तिथ र नियमन गरेकातर्फ समेत ध्यानाकर्षण गराएको हो। 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्