इजाजत लिएर राखिएका हतियारको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन

मंगलबार, चैत ६, २०८०
Honor 600 pro

काठमाडौं । गृह मन्त्रालयले इजाजत लिएर राखिएका हतियारको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयले मातहतका निकासहरुलाई निर्देशन दिदै इजाजत लिएर राखिएका हतियारको विवरण पठाउन भनेको हो।

सोमबार दुर्गा प्रसाईंका सुरक्षा गार्डसहित अर्का एक जना सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेपछि मातहतका निकायलाई विवरण पठाउन गृहले निर्देशन दिएको हो।

गृह मन्त्रालयले  अहिलेसम्म इजाजत लिएर राखिएका हतियारहरुका धनी , प्रकार , प्रयोजन र संख्या उल्लेख गरेर देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।

नेपालको कानुन अनुसार कुनै व्यक्तिले हतियार राख्नु पर्यो भने हतियार तथा खरखजाना ऐन २०१९ बमोजिम इजाजत लिएर राख्न पाउने नियम छ। यो नियम बमोजिम हतियार लिएकाको विवरण पठाउन मन्त्रालय निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्रालयले २४ घणभित्रै इजाजत पाएका हतियारको विवरण पठाउन भन्दै नवीकरण भए नभएको पनि उल्लेख गर्न निर्देशन दिएको हो।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्