प्रधानमन्त्रीलाई सांसद गिरीले सोधे- दीपेश पुन पक्राउ पर्दा रवि लामिछानेलाई किन पक्राउ नगरेको?

मंगलबार, चैत ६, २०८०
honor mob  winter sales

काठमाडौं । पूर्व सिंचाइमन्त्री, प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले गृहमन्त्री रवि लामिछानेबिरुद्द खरो रुपमा उत्रिएका छन् ।

Honor x7 pad

आज आकस्मिक समय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई संसद बैठकमा पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुनलाई प्रहरीले पक्राउ गर्दा गृहमन्त्री लामिछाने किन पक्राउ नपरेको भन्दै प्रश्न गरेका छन् ।

सहकारी ठगी प्रकरण दीपेश पक्राउ पर्ने तर उनीसँगै उजुरी परेका रास्वपाका सभापति एवं गृहमन्त्री लामिछानेमाथि किन अनुसन्धान नभएको भन्दै सांसद गिरीले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

सांसद गिरीले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ' म एउटा सांसदको हैसियतले  पोखरास्थित सुर्यदर्शन सहकारी पीडितहरुको तर्फबाट बोल्न चाहन्छु । त्यस सहकारी पीडित बचतकर्ताहरुले  रास्वपाका सभापति लामिछाने र दीपेशविरुद्द जाहेरी दिएका थिए।  जाहेरी पश्चात् धेरैपछि दीपेश पक्राउ परे, तर पक्राउ पर्नुको साटो नयाँ सत्ता गठबन्धनले लामिछानेलाई उल्टै गृहमन्त्री बनायो। जाहेरी पश्चात् अनुसन्धान हुनुपर्नेमा उहाँ आफै गृहमन्त्री हुनुहुन्छ । यस पदमा आसिन उहाँलाई कसले कारबाही गर्ने? तसर्थ उहाँको कांग्रेसले राजीनामा माग गर्दछ।'

प्रधानमन्त्री आफू सत्तामा टिक्न लामिछाने जी  बच्नलाई गृहमन्त्री बनाउनुभयो, अब प्रधानमन्त्रीले के कदम चाल्नुहुन्छ भन्दै सांसद गिरीले प्रश्न गरे।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्