दुर्गा प्रसाईंका सुरक्षा गार्ड सर्वोच्चबाट हतियारसहित पक्राउ

सोमबार, चैत ५, २०८०
honor mob  winter sales

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड काठमाडौंबाट  हतियारसहित पक्राउ परेका छन् ।

Honor x7 pad

प्रसाईंका गार्ड दीपक खड्का सर्वोच्च अदालत परिसरमा हतियार लिएर जाँदै गर्दा पक्राउ परेका छन्। उनीसँगै राजकुमार धिमाल पनि पक्राउ परेका छन् ।

आज दिउँसो सर्वोच्चभित्र हतियार लिएर प्रवेश गर्दै गर्दा झापास्थित बुद्धशान्ति गाउँपालिका-३ का खड्कालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिएका छन्।

सर्वोच्च अदालतमा आज दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको अवस्थामा खड्का अदालतभित्र जाँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले खड्काको साथबाट बन्दुक पनि बरामद गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्