कृष्णबहादुर महरालाई सिआईबी लगियो, आजै अदालत लैजाने तयारी

सोमबार, चैत ५, २०८०
Honor 600 pro

काठमाडौं । सुन तस्करी प्रकरणमा कपिलवस्तुबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं लगिएको छ। 

काठमाडौंबाट भारत जान हिंडेका उपाध्यक्ष  महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीमा प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका महरालाई आजै यति एयरबाट काठमाडौं लगिएको छ। त्रिभुवन विमानस्थलबाट महरालाई सिधै सिआईबी कार्यालय लगिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न बनेको जाँच बुझ आयोगले महरालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न सिफारिस गरेपछि पक्राउ गरिएको हो।

सिआईबीले आजै महरालाई अदालत लग्ने तयारी गरेको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्