माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

सोमबार, चैत ५, २०८०
Honor 600 pro

काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन।

काठमाडौंबाटभारत जान हिंडेका उपाध्यक्ष महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीबाट प्रहरीले केहीबेर अघि नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका महरालाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

उनलाई सुन तस्करीसम्बन्धि गठित जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न सिफारिस गरेपछि पक्राउ गरिएको हो।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्