नेपालगन्जमा आयोजित स्पाइन सर्जनहरुको एकदिने कार्यशाला सम्पन्न

शनिबार, चैत ३, २०८०
honor mob  winter sales

नेपालगन्ज। नेपालगन्जमा एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले  आयोजना गरेको एकदिने कार्यशाला सम्पन्न भएको छ । देशका विभिन्न शहरहरुमा कार्यरत स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, एनेस्थियोलोजिष्ट, रेडियोलोजिष्ट, न्युरो सर्जनहरुको सहभागितामा नेपालगन्ज मै पहिलोपटक मेरुदण्ड रोग सम्बन्धी कार्यशाला आयोजना गरिएको हो।

Honor x7 pad

सम्मेलनमा मेरुदण्डको चोट,चोटपटकको उपचार लगायत स्पाइनका विभिन्न समस्यामा केन्द्रित रहेर छलफल तथा प्यानल डिस्कसनहरु गरिएको एसोसियसन अफ स्पाइन सर्जन अफ नेपालका लुम्बिनी प्रदेश संयोजक डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

उनले कार्यशालाको उद्देश्य खासगरी उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान साथै राजधानी बाहिर पनि मेरुदण्ड रोगको उपचारका लागि पर्याप्त सेवा सुविधा होस् भन्ने उदेश्यले चिकित्सकहरूलाई तालिम दिएर समस्यालाई एड्रेस गर्ने रहेको बताए ।  स्पाइनका शल्यक्रियामा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयमा समेत कार्यशालामा छलफल गरिएको थियो।

मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे कार्यशालामा बृहत छलफल गरिएको आयोजकले जानकारी दिएको छ । कार्यशालामा दर्जन बढी चिकित्सकहरुले आफुले गरेका विभिन्न केसहरुको प्रस्तुतिकरण साथै विभिन्न विषयमा प्यानल डिस्कसन समेत गरिएको थियो । मेरुदण्ड रोग सम्बन्धी आयोजित कार्यशालाले पश्चिम नेपालका स्पाइनका विरामीलाई लाभान्वित बनाउने आयोजकले विश्वास लिएको छ ।

कार्यशालामा एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका पूर्वअध्यक्ष डा.विमलकुमार पाण्डे, महासचिव डा.सुरज बज्राचार्य, साइन्टिफिक कमिटीका डा.गौरव राज ढकाल लगायत उपस्थिती रहेको थियो । नेपाल अर्थोपेडिक एसोसियसन वेष्टर्न च्याप्टरले सहकार्य गरेको कार्यशालामा देशभरबाट ६० बढी चिकित्सकहरूले सहभागिता रहेको थियो।

 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्