भेरी अस्पतालका सुरक्षागार्डद्वारा पत्रकार गुप्ताको खोसियो क्यामेरा, किन राखियो त्यस्ता गैरजिम्मेवारलाई गार्डमा?

बिहीबार, चैत १, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य तथा जी नेपाल फोर के टेभिजिजनका पत्रकार अभिषेक गुप्तामाथि भेरी अस्पताल नेपालगन्जका सुरक्षागार्डले दुव्र्यवहार गरेका छन् ।

Honor x7 pad

उक्त घटनाको नेपाल प्रेस युनियन बाँके शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रिपोर्टिङको लागि आज दिउँसो २ः४२ बजे अस्पताल पुगेका पत्रकार गुप्ताले अस्पतालको फुटेजहरु खिच्ने क्रममा सुरक्षागार्डद्वारा क्यामेरा खोस्ने काम गरिएको बताएका छन् । आफूले पत्रकार हो भनेर परिचय दिँदा समेत सुरक्षागार्डले यस्ता पत्रकार धेरैलाई चिनेको छु भन्दै अनुमति वेगर फुटेज नलिन धम्की दिएको पनि पत्रकार गुप्ताले बताए ।

युनियनका सचिव भीष्म लोधद्वारा आज जारी विज्ञप्तीमा पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने सुरक्षागार्डमाथि अस्पताल प्रशासनले छानविन गरी कारवाही गर्न समेत माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ, "अस्पतालको आइसीयू, प्रयोगशाला स्थल जस्तो संवेदनशील ठाउँमा रिपोर्टिङ गर्दा स्वभाविकरुपमा पत्रकारहरु संवेदनशील हुनैपर्छ । तर, अस्पताल बाहिरको दृष्य खिच्नमा समेत रोक लगाउँदै पत्रकारमाथि दुव्र्यवहार गरिनु दुःखद कुरा हो ।"

यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध रिपोर्टिङको वातावरण बनाउन युनियनले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २३:०३
प्रतिक्रिया दिनुहोस्