कांग्रेसको भागमा परेका तीन प्रदेश प्रमुख बर्खास्त

सोमबार, फागुन २८, २०८०
Honor 600 pro

काठमाडौं। नयाँ सत्ता गठबन्धनको सरकारले तीन प्रदेश प्रमुखहरुलाई  बर्खास्त गरेको छ।

यसअघिको गठबन्धनको पालामा नेपाली कांग्रेसको भागमा परेका गण्डकी , मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखहरुलाई आजको मन्त्रिपरिषद् बैठकले बर्खास्त  गर्ने निर्णय गरेको हो।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ , मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिम देवराज जोशी आज बर्खास्त  भएका छन् ।

बैठकले गण्डकीमा सुमित्रा भण्डारी , मधेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई नयाँ प्रदेश प्रमुखका रुपमा सिफारिस गरेको हो। उनीहरु सिफारिस भएका सबै नेकपा एमाले निकट हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्