भिजिट भिसामा दुबई जान लागेका तीन महिला फर्काइए, एजेन्ट पक्राउ

शुक्रबार, फागुन २५, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एयरलाइन्सबाट  भिजिट भिसामा दूबई जान लागेका तीन जना महिलालाई विमानस्थलबाट फर्काइएको छ। 

Honor x7 pad

विमानस्थलमा प्रहरीको सोधपुछका क्रममा उनीहरु शंकास्पद अवस्थामा देखिँएपछि उनीहरुलाई पठाउने एजेन्टलाई बोलाइएको थियो। ती महिलाहरुले अवैध रुपमा दूबई पठाउन लागेको बताएपछि प्रहरीले रुपन्देहीको रुद्रपुर घर भएका एजेन्ट भबिलाल थापालाई पक्राउ गरेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुले दुबईमा घरेलु कामदारका लागि एजेन्टलाई २-२ लाख रुपैयाँ बुझाएको समेत प्रहरीले बताएको छ।

विमानस्थल प्रहरीले गएराति साढे १० बजे पक्राउ परेका थापालाई अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको छ भने तीन महिलालाई विमानस्थलबाट फिर्ता पठाएको प्रहरीले जानकारी दिएको छ।

अहिले प्रहरीले भिजिट भिसा बनाएर जानेलाई सोधपुछ गर्दै आएको छ। एजेन्टले भिजिट भिसा बनाएर दुबई हुँदै रसिया लैजाने क्रम बढेको हुँदा प्रहरीले कडाइँ गरेको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्