त्रिशूली बस दुर्घटना अपडेट: मृतकको संख्या ७ पुग्यो

बुधबार, फागुन २३, २०८०
honor २२ sept

धादिङ । आज त्रिशूली नदी बस  दुर्घटनामा मृतकको संख्या ७ पुगेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा एक  महिलासहित सात जना छन् ।  दुर्घटनामा ३० जना बढी घाइते भएका छन् ।

X7D

कतिपयको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई काठमाडौं पठाइएको छ। बस नदी भित्र डुबेकाले मृतक कति छन् भने केही भन्न नसकिने प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन बाँकि रहेको प्रहरीले जानकारी दिएको छ।

आज रुपन्देहीबाट काठमाडौं आउँदै गरेको ल २ ख बस पौने ५ बजे गजुरीस्थित गलौदी नजिक त्रिशूली नदीमा खसेको थियो।  दुर्घटनास्थलबाट सशस्त्र प्रहरीको गोताखोरले ३८ जनाएको उद्दार गरिएपनी बसमा कति यात्रु सवार थिए भन्ने बारेमा एकिन नभएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउँन बाँकि छ भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्