चितवन शालिन मृत्यु घटना: फेला परेको सुसाइड नोट शालिनले नै लेखेको पुष्टि

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

चितवन। चितवनको रत्ननगर-१० मा रहेको शिशु निकेतन स्कुलको छात्राबासमा मृत फेला परेकी शालिन पोखरेलसँगै कोठामा फेला परेको सुसाइड नोट उनैली लेखेको पुष्टि भएको छ।

Honor x7 pad

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको जाँच का क्रममा उक्त नोटमा शालिनकै अक्षर रहेको पुष्टि गरेको हो। उनका अरु कापीमा उनले लेखेका अक्षर र उक्त सुसाइड नोटमा लेखिएको अक्षर मिल्दा उक्त नोट शालिनले नै लेखेको प्रहरीले जानकारी दिएको छ।

मृतक बालिका शालिनका बुवाले सुसाइड नोटमा केही आंशका जनाएपछि नोट जाँच का लागि विधि विज्ञान प्रयोगशालामा लगिएको थियो। त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा पनि शालिनको मृत्यु झुन्डिएको कारण भनेर रिपोर्ट आएको थियो।

चितवन प्रहरीले उक्त घटनामा स्कुलका प्रिन्सिपल सहित ४ जनलाई पक्राउ गरेको थियो। उनीहरुसँग प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

होस्टेलमा बस्दै आएकी शालिन फागुन १२ गते बिहान आफू बस्ने कोठाको पंखामा झुन्डिएकोको अवस्थामा मृत फेला परेकी थिइन।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्