सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति (सहमतिपत्रसहित)

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौं । नयाँ सत्ता गठबन्धनबीच ८ बुँदे सहमति भएको छ। गठबन्धनका चारदल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको ८ बुँदे सहमतिमा  माओवादीबाट राष्ट्रियसभाको अध्यक्ष बनाउने सहमति भएको छ। 

Honor x7 pad

त्यस्तै राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो। सहमतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने गर्ने उल्लेख गरिएको छ।

चारगठबन्धनका दलबाट एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , रास्वपाका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिपत्र-

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्