पानीमा रुझ्दै कवाडी व्यवसायीहरूको काठमाडौं‌ महानगर अगाडि प्रदर्शन

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

काठमाडौं । पानीको झरीमा रुझ्दै कवाडी व्यवसायीहरूले काठमाडौं‌ महानगरपालिको राष्ट्रिय सभागृहको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । 

Honor x7 pad

हामीलाई ‘गरिखान देऊ’ भन्दै उनीहरुले कार्यालय अगाडि प्रदर्शन गरेका छन्। 'महानगरले हामीमाथि अन्याय गर्यो, हामीलाई गरिखान देउ' भन्दै महाननगरको दमनविरुद्द कवाडी व्यवसायीहरू आन्दोलनमा उत्रिएर प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरपालिकाले कवाडी संकलन गर्न बनाइएका संरचनामा डोजर चलाएर  कवाडी संकलन केन्द्र हटाउन निर्देशन दिएको विरोधमा उनीहरु रुझ्दै प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर’ भन्ने नारावाजीसहित प्लेकार्ड बोकेर आन्दोलन गरेका हुन् ।  

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्