आज देशभरका धेरै स्थानमा वर्षा हुँदै, काठमाडौंमा पनि छिटफुट वर्षा

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

काठमाडौं  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ।

Honor x7 pad

त्यस्तै कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। 

आज बिहानैदेखि काठमाडौंमा पनि छिटपुट वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्