कृषि औजार कारखाना सन्चालनका लक्ष्मीसरस्वती पोलिक्लिनिक्सको सहयोग

शनिबार, फागुन १९, २०८०
honor mob  winter sales

नेपालगन्ज ।  नेपालगन्जस्थित  लक्ष्मीसरस्वती पाेलिक्लिनिक्स एण्ड डाइग्नोसिस सेन्टरले आज माहावीर पुनलाई सम्मान गरेको छ।

Honor x7 pad

केही दिनदेखि नेपालगन्जमा रहेका पुनलाई आज पाेलिक्लिनिक्सले  परिसरमै स्वागत तथा सम्म्मान गर्दै वीरगन्जस्थित कृषि औजार  कारखाना सन्चालनका लागि ८२५० रुपैयाँ बराबरको महावीर पुन नामक पुस्तक खरिद गरि सहयोग गरेको हो।

उक्त पोलिक्लिनिक्सले ११ वटा  पुस्तक खरिद गर्दै वीरगन्जस्थित कृषि औजार  कारखाना सन्चालनका लागि सबैलाई पुस्तक खरिद गरि सहयोग गरिदिन आग्रह समेत गरेको हो।

डा. कृष्ण माेहन अधिकारी, डा.सुवाेध गाैतम, डा.रवि चाैरसिया ,डा. नवीन तिमिल्सिना , हरित क्रान्तिका अगुवा हेमन्तराज काफ्ले लगायतको सहभागिता रहेको पुनको स्वागत तथा सम्मान कार्यक्रमको संयोजन जागेश्वर बस्नेतले गरेका थिए।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्