कृषि वैज्ञानिक लक्ष्मण अर्याल डान लुम्बिनीको संयोजक चयन

शनिबार, फागुन १९, २०८०
honor mob  winter sales

रुपन्देही । डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसियसन नेपाल (डान)  लुम्विनी प्रदेशको प्रादेशिक भेला तथा दोस्रो अधिवेशन भैरहवाबाट कृषि वैज्ञानिक लक्ष्मण अर्याल संयोजकमा चयन भएका छन् ।

Honor x7 pad

डान लुम्बिनीका संयोजक नवराज भण्डारीको अध्यक्षता, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीको प्रमुख आतिथ्यता एवम् नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ, कृषि अनुसन्धान र कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशकहरु, विभिन्न पेशा र क्षेत्रमा आवद्ध रहेका डेमोक्रेटिक कृषि विज्ञहरुको उपस्थिति रहेको थियो । 

अधिवेशनले डान लुम्बिनी प्रदेशको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक  अर्याल संयोजक रहेको समितिमा एनसीडीसी दाङका कृषि कार्यक्रम संयोजक शशांकबाबु आचार्य सहसंयोजक, गुल्मीका कृषि विज्ञ सन्देश भण्डारी सचिव, पक्लिहवा कृषि क्याम्पसकी उपप्राध्यापक पूजा थापा कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा पक्लिहवा कृषि क्याम्पसकै उपप्राध्यापक डा.अनु दुवाल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरी र माण्डवी गाउँपालिका प्युठानका कृषि अधिकृत सनत केसी रहेका छन् ।   

डानको केन्द्रीय साधारणसभा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा आउदो फाल्गुन २२ गते खुमल्टार ललितपुरमा आयोजना गरिएको र सो भेलाले २ वर्षका लागि नयाँ  नेतृत्त्व चयन गर्ने बताइएको छ।

केन्द्रीय महाधिवेशन अघि प्रदेश संयोजन समिति गठन गरिसक्नुपर्ने प्रावधान अनुसार प्रदेश भेला आयोजना गरिएको डान लुम्बिनीका निवर्तमान सचिव रविन गिरीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्