सन्दीप लामिछानेले जेल बाहिर बसेर मुद्दा लड्न पाउने उच्च अदालतको आदेश

बिहीबार, फागुन १०, २०८०
honor mob  winter sales

काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्।

Honor x7 pad

आज उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन् ।

उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले उक्त कुराबारे जानकारी दिएका छन्।

बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेकोमा उनले त्यसविरुद्ध आजै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्