अपराध नियन्त्रणका लागि सरकार शून्य सहनशीलताका साथ अघि बढेको छ: गृहमन्त्री

बिहीबार, फागुन १०, २०८०
honor mob  winter sales

नेपालगन्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध नियन्त्रणका लागि सरकार शून्य सहनशीलताका साथ अघि बढेको बताएका छन् । 

Honor x7 pad

नेपालगन्जमा आजदेखि सुरु भएको दुई दिने लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताउँदै  सुशासन र शान्ति सुव्यवस्था गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताए । 

गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकारले स्थानीय प्रशासनलाई परिचालन गर्ने नीति लिएको बताए। श्रेष्ठले सुशासन, स्थिरता र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यमा जोड दिए ।

भ्रष्टाचार अहिलेको मुख्य चुनौती रहेको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा सरकार गम्भीर ढंगले लागिपरेको बताए। श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिंगो प्रणाली सकारात्मक हुन आवश्यक रहेको उल्लेख गरे । पछिल्लो समय वित्तीय अपराध बढेको भन्दै उनले यसतर्फ सबै सजग हुनुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले अपराधीलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए । उनले चनाखो भएर जनताको जीउधनको सुरक्षा गर्दै शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, सशस्त्र प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लगायत सुरक्षा अधिकारीहरुको सहभागिता छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्