यस्तो छ आजको मौसम: वर्षादेखि हिमपातसम्म

बुधबार, फागुन ९, २०८०
honor mob  winter sales

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Honor x7 pad

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन–चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन–चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

मौसमविद् संजीव अधिकारीले आज भन्दा भोलि धेरै ठाउँमा वर्षा हुने अनुमान गरेका छन् । उनका अनुसार देशैभर बदली रहेको छ । वर्षाको हकमा आज तराईका भूभागमा वर्षा हुने देखिएको छ भने पहाडी भूभागमा पनि वर्षाले निरन्तरता पाउने छ । 

त्यस्तै हिमाली भेगमा पनि वर्षा हुनेछ । वर्षाको क्रम सोमबार रातिदेखि भइरहेको हो । 

काठमाडौँको हकमा दिनभरि आंशिकदेखि बदली हुनेछ । केही भागमा वर्षा हुनेछ । आज काठमाडौँको मौसम खुल्ने सम्भावना कम छ । अधिकारीका अनुसार खुले पनि दुई चार ठाउँमा मात्र मौसम खुल्नेछ । घाम लाग्ने सम्भावना पनि कम छ । 

वायु प्रदूषणले पनि काठमाडौँलाई थप असर पारेको छ ।पश्चिममा बिहीबार र पूर्वमा शुक्रबारदेखि मौसममा सुधार हुँदै जानेछ । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्