वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी

सोमबार, फागुन ७, २०८०
honor mob  winter sales

पर्सा। वीरगञ्ज महानगरपालिकामा  कर्फ्यू जारी भएको छ।

Honor x7 pad

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका केही स्थानमा आज साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो।

प्रशासन कार्यालय पर्साले महानगरको पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

रौतहटको ईशनाथ नगरपालिकामा भएको विवादलाई लिएर वीरगञ्जमा पनि आज प्रदर्शन भएको थियो । प्रदर्शनलाई उग्र बन्न नदिन कर्फ्यू जारी गरिएको हो।

 

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्