गृह मन्त्रालयले भन्यो-' फागुन १ गते सार्वजनिक बिदा छैन '
काठमाडौं । गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको जानकारी दिएको छ।
आज गृह मन्त्रालय विज्ञप्ति जारी गर्दै फागुन १ गते बिदा नरहेको जनाएको हो। यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा घोषणा गरे पनि गृह मन्त्रालयले बिदा कायम नरहेको जनाएको हो।
सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख भएपनि सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश जारी गरिसकेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० १३:२१
प्रतिक्रिया दिनुहोस्