भ्रष्टाचार गर्ने जतिसुकै ठुला व्यक्ति भएपनि नछाड्न राष्ट्रपतिको सुझाव

आइतबार, माघ २८, २०८०
honor mob  winter sales

काठमाडौं । भ्रष्टाचार गर्ने अथवा यसमा  संलग्न जतिसुकै ठूला व्यक्ति भए पनि नछाड्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राष्ट्रपति रामचन्द्र पौडेलले  सुझाव दिएका छन् ।

Honor x7 pad

उनले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए । 

अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले सानालाई मात्र नभइ ठूलालाई पनि कानूनको दायरामा ल्याउन सुझाव दिएका हुन् ।

‘आर्थिक समृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरूप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक छ,’ उनले भने । 

अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह हुुनुपर्ने भन्दै उनले भ्रष्टाचार नियन्त्रणका हकमा संस्थागत सुदृढीकरणका लागि राज्यका अन्य अंगहरुलाई पनि बेलाबखत परामर्श तथा सुझाव दिनुपर्ने बताए ।साथै राष्ट्रपतिले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ठोस् कदम चाल्नु पर्ने समेत बताए । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्