अपराध गर्ने कसैलाई कारबाही गर्न थाले दबाब आउन सुरु भइहाल्छ: गृहमन्त्री

शुक्रबार, माघ १९, २०८०
honor mob  winter sales

पोखरा । अपराध गर्ने छुट कसैलाई पनि नभएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

Honor x7 pad

आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताउँदै जो सुकै भएपनि अपराध गर्दा कारबाही गर्न थाल्यो भने दबाब आउन  सुरु हुने गृहमन्त्री श्रेष्ठले बताए ।

सोही क्रममा गृहमन्त्री श्रेष्ठले बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेपछि नेपाल उद्योग परिसंघले विरोध गरेको बताए।

श्रेष्ठले अपराध, ठगी र लुटमा लागेका कसैलाई पनि छुट नदिने बताएका हुन् । उनले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल गरेका छन् ।

उनले भने-' कुनै पक्राउ पर्नासाथ दबाब भइरहे देशले पनि छुट दिन सक्दैन । आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै पनि हस्तक्षेप नसहन म सुरक्षा निकायलाई अपिल गर्छु’। अपराध, ठगी, जालसाजी र लुटमा पक्राउ परेपछि राज्यका उच्च निकायमा दबाब दिने, नेता तथा प्रभावशाली व्यक्तिलाई भनसुन गर्ने प्रवृत्ति देखा परेको छ ।

कर्मचारी पक्राउ पर्दा संगठनले दबाब दिने, व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले पत्रकार सम्मेलन गरी दबाब दिने प्रवृत्ति हाबी भएको छ । अपराधी कसैलाई पनि छुट नदिने गृहमन्त्री श्रेष्ठले भने।

यसरी पक्राउ परेकालाई छोड्न दबाब र हस्तक्षेप भइरहने हो भने अपराधीको मनोबल अझै बढ्ने उनले बताए। कसैको दबाव नझेल्न गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायलाई निर्देशन दिदै दृढतापूवर्कक उभिनु पर्ने बताए।

 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्